हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश संसदीय दललाई पूर्णता दिएको छ । बागमती प्रदेश संसदीय दलमा रित्त रहेको तीन पदलाई राप्रपाले पूर्णता दिएको राप्रपा संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए ।
रिक्त ३ पदमा सांसदहरू नियुक्त गरेर पूर्णता दिइएको हो । राप्रपामा रित्त रहेको संसदीय दलको उपनेतामा गिरबहादुर तामाङ नियुक्ति भएको नेता थापाले जानकारी दिए । दलको प्रमुख सचेतकमा कुमारी तामाङ नियुक्त भएकी छिन् भने सचेतकमा मनिका श्रेष्ठलाई नियुक्ति गरिएको छ । प्रदेशसभाको दोश्रो कार्यकालको करिब डेढ वर्षपछि राप्रपाले दललाई पूर्णता दिएको हो ।
उपनेता नियुक्त भएका तामाङ चितवन–३ (ख)बाट प्रतक्ष निर्वाचित सांसद हुन् भने प्रमुख सचेतक तामाङ (सिन्धुपाल्चोक) र सचेतक श्रेष्ठ (दोलखा) समानुपातिक कोटाबाट सांसद बनेका थिए ।
राप्रपाको तर्फबाट बागमती प्रदेशमा सभामुख भुवनकुमार पाठक सहित १३ जना प्रदेशसभा सांसद रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ बैशाख २०८१, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी
राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो
राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु
मधेश केन्द्रित चुनावी अभियानमा राप्रपा
भ्रष्ट हुन नदिने राप्रपाको संकल्प