हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश संसदीय दललाई पूर्णता दिएको छ । बागमती प्रदेश संसदीय दलमा रित्त रहेको तीन पदलाई राप्रपाले पूर्णता दिएको राप्रपा संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए ।
रिक्त ३ पदमा सांसदहरू नियुक्त गरेर पूर्णता दिइएको हो । राप्रपामा रित्त रहेको संसदीय दलको उपनेतामा गिरबहादुर तामाङ नियुक्ति भएको नेता थापाले जानकारी दिए । दलको प्रमुख सचेतकमा कुमारी तामाङ नियुक्त भएकी छिन् भने सचेतकमा मनिका श्रेष्ठलाई नियुक्ति गरिएको छ । प्रदेशसभाको दोश्रो कार्यकालको करिब डेढ वर्षपछि राप्रपाले दललाई पूर्णता दिएको हो ।
उपनेता नियुक्त भएका तामाङ चितवन–३ (ख)बाट प्रतक्ष निर्वाचित सांसद हुन् भने प्रमुख सचेतक तामाङ (सिन्धुपाल्चोक) र सचेतक श्रेष्ठ (दोलखा) समानुपातिक कोटाबाट सांसद बनेका थिए ।
राप्रपाको तर्फबाट बागमती प्रदेशमा सभामुख भुवनकुमार पाठक सहित १३ जना प्रदेशसभा सांसद रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ बैशाख २०८१, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने