काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति लागिपरेको बताएका छन् । वर्तमान गठबन्धन भत्काउन प्रधानमन्त्रीको पद किस्तीमा राखेर प्रतिक्रियावादी तत्त्वहरू लागिपरेको ओलीको आरोप थियो ।
पश्चिम नवलपरासीमा एमालेको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । वर्तमान गठबन्धनले जनतालाई विकास र समृद्धिको बाटोतर्फ अगाडि बढाउने उल्लेख गर्दै ओलीले २०८४ को चुनावमा एमाले थप मजबुत बनेर आउने जिकिर गरे ।
पार्टीभित्रको एकतालाई थप मजबुत बनाउन नेता र कार्यकर्तालाई निर्देशन दिए । जिल्ला अधिवेशनमा सहमतिको नाममा नलम्ब्याउन भन्दै नेतृत्वका लागि इच्छा भएका साथीहरुबीच लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्न र सहमतिको नाममा अधिवेशन नलम्ब्याउन जिल्ला नेतृत्वलाई निर्देशन दिए ।
अध्यक्ष ओलीले आजै जिल्लाको सुस्ताको नारायणी नदीमा निर्माणाधीन पुल, रामग्राम स्तूप र पूर्वी नवलपरासीको त्रिवेणीमा रहेको गजेन्द्र मोक्ष धामको अवलोकन गरेका थिए । जिल्लाभरिबाट ४ सय २६ प्रतिनिधि छनौट भएका छन् ।
एमालेको जिल्ला कमिटी १ सय ५ जनाको जिल्ला कमिटी चयन गर्ने छ । वर्तमान अध्यक्ष दिपेन्द्र अधिकारी र सचिव धिरज शर्मा अध्यक्षका लागि आकाङ्क्षी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना