काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति लागिपरेको बताएका छन् । वर्तमान गठबन्धन भत्काउन प्रधानमन्त्रीको पद किस्तीमा राखेर प्रतिक्रियावादी तत्त्वहरू लागिपरेको ओलीको आरोप थियो ।
पश्चिम नवलपरासीमा एमालेको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । वर्तमान गठबन्धनले जनतालाई विकास र समृद्धिको बाटोतर्फ अगाडि बढाउने उल्लेख गर्दै ओलीले २०८४ को चुनावमा एमाले थप मजबुत बनेर आउने जिकिर गरे ।
पार्टीभित्रको एकतालाई थप मजबुत बनाउन नेता र कार्यकर्तालाई निर्देशन दिए । जिल्ला अधिवेशनमा सहमतिको नाममा नलम्ब्याउन भन्दै नेतृत्वका लागि इच्छा भएका साथीहरुबीच लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्न र सहमतिको नाममा अधिवेशन नलम्ब्याउन जिल्ला नेतृत्वलाई निर्देशन दिए ।
अध्यक्ष ओलीले आजै जिल्लाको सुस्ताको नारायणी नदीमा निर्माणाधीन पुल, रामग्राम स्तूप र पूर्वी नवलपरासीको त्रिवेणीमा रहेको गजेन्द्र मोक्ष धामको अवलोकन गरेका थिए । जिल्लाभरिबाट ४ सय २६ प्रतिनिधि छनौट भएका छन् ।
एमालेको जिल्ला कमिटी १ सय ५ जनाको जिल्ला कमिटी चयन गर्ने छ । वर्तमान अध्यक्ष दिपेन्द्र अधिकारी र सचिव धिरज शर्मा अध्यक्षका लागि आकाङ्क्षी छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली
ओलीको जिकिर : ‘अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन’