काठमाडौँ । वैदेशिक रोजगारीका लागी न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भएर काठमाडौँ बस्ने अर्जुन कँडेल छन् ।
२६ वर्षीय कँडेललाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।
उनले आकर्षक तलबको लोभ देखाएर पीडितसँग ९ लाख लिएर फरार भएका थिए । थप अनुसन्धान र कारवाहीका लागी कँडेललाई वैदेशिक रोजगार विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ