काठमाडौँ । वैदेशिक रोजगारीका लागी न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भएर काठमाडौँ बस्ने अर्जुन कँडेल छन् ।
२६ वर्षीय कँडेललाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।
उनले आकर्षक तलबको लोभ देखाएर पीडितसँग ९ लाख लिएर फरार भएका थिए । थप अनुसन्धान र कारवाहीका लागी कँडेललाई वैदेशिक रोजगार विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ