चर्चित ब्यान्ड 'मंगोलियन हार्ट' ले दुबईमा कन्सर्ट गर्ने

सफल खबर संवाददाता

विहीबार, २० बैशाख २०८१, १२ : २०
चर्चित ब्यान्ड 'मंगोलियन हार्ट' ले दुबईमा कन्सर्ट गर्ने

काठमाडौं । चर्चित ब्यान्ड 'मंगोलियन हार्ट' ले युएइको दुबईमा कन्सर्ट गर्ने भएको छ। युएईस्थित बरदुबईमा करिब २५ करोडको लगानीमा नेपालीले खोलेको नाइट क्लबको उद्घाटनको अवसरमा मंगोलियन हार्टले कन्सर्ट गर्ने भएको हो।

ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाका अनुसार क्लब एस के सेभेनको उद्घाटनको अवसरमा आगामी शनिबार मे ४ तारिखका दिन प्रस्तुति दिने तय भएको हो।  'संसारभर नेपालीहरूले विभिन्न माध्यमबाट नेपाली संगीतको प्रवर्द्धन गरिरहेका छन्। बर दुबईमा नेपाली साथीकै लगानीमा ठूलो क्लब खोलिँदा त्यहाँ नेपाली संगीत पनि बज्ने हो। सुरूवात हामीबाटै हुँदैछ,' म्यानेजर लामाले भने। उक्त क्लबका लगानीकर्ता काठमाडौंका सरोज विष्ट हुन्, जो १३ वर्षदेखि दुबईमा व्यावसायी गर्दै आइरहेका छन्।

गायक राजु लामा 'फ्रन्ट म्यान' रहेको यो ब्यान्डले कार्यक्रममा आफ्ना लोकप्रिय पुराना गीतहरू प्रस्तुत गर्ने तयारी छ। युएईमा पछिल्लो एक वर्षमा मंगोलियन हार्टको यो तेस्रो कन्सर्ट हो। युएईमा दर्शकहरूको माग बढी भएका कारण तेस्रो पटक कन्सर्ट भएको हो।

प्रतिक्रिया दिनुहोस