टी–२० विश्वकपका लागि मार्सको कप्तानीमा अस्ट्रेलियन टोली घोषणा, परेनन् स्मिथ र म्याकगर्क

सफल खबर संवाददाता

बुधबार, १९ बैशाख २०८१, ११ : ३३
टी–२० विश्वकपका लागि मार्सको कप्तानीमा अस्ट्रेलियन टोली घोषणा, परेनन् स्मिथ र म्याकगर्क

काठमाडौं। अस्ट्रेलियाले यसै वर्षको जुन १ मा शुरू हुने टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । अस्ट्रेलियन क्रिकेट बोर्डले बुधबार टी–२० आईका नियमित कप्तान मिचेल मार्सको कप्तानीमा टोली घोषणा गरेको हो ।

टोलीमा भारतमा जारी आईपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका धेरै खेलाडीले स्थान बनाएका छन् । टोलीमा ट्राभिस हेड र ग्लेन म्याक्सवेलजस्ता स्टार खेलाडीलाई समावेश गरिएको छ । तर टोलीमा अनुभवी ब्याटर स्टिभ स्मिथ र युवा ब्याटर ज्याक फ्रेजर म्याकगर्क भने छैनन् ।

सन् २०२१ मा भएको टी–२० विश्वकपमा अस्ट्रेलिया विजेता बनेको थियो । यस्तो अवस्थामा यसपटक पनि अस्ट्रेलियालाई उपाधि जित्ने प्रबल दावेदार मानिएको छ ।अस्ट्रेलिया एकदिवसीय (ओडीआई) विश्वकपको पनि विजेता हो । उसले गत वर्ष घरेलु टोली भारतलाई हराउँदै ओडीआई विश्वकप छैटौंपटक जितेको थियो । 

 

प्रतिक्रिया दिनुहोस