काठमाडौं। अस्ट्रेलियाले यसै वर्षको जुन १ मा शुरू हुने टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । अस्ट्रेलियन क्रिकेट बोर्डले बुधबार टी–२० आईका नियमित कप्तान मिचेल मार्सको कप्तानीमा टोली घोषणा गरेको हो ।
टोलीमा भारतमा जारी आईपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका धेरै खेलाडीले स्थान बनाएका छन् । टोलीमा ट्राभिस हेड र ग्लेन म्याक्सवेलजस्ता स्टार खेलाडीलाई समावेश गरिएको छ । तर टोलीमा अनुभवी ब्याटर स्टिभ स्मिथ र युवा ब्याटर ज्याक फ्रेजर म्याकगर्क भने छैनन् ।
सन् २०२१ मा भएको टी–२० विश्वकपमा अस्ट्रेलिया विजेता बनेको थियो । यस्तो अवस्थामा यसपटक पनि अस्ट्रेलियालाई उपाधि जित्ने प्रबल दावेदार मानिएको छ ।अस्ट्रेलिया एकदिवसीय (ओडीआई) विश्वकपको पनि विजेता हो । उसले गत वर्ष घरेलु टोली भारतलाई हराउँदै ओडीआई विश्वकप छैटौंपटक जितेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ बैशाख २०८१, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी–२० विश्वकपमा १२ म्याचपछि भारतको हार
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
टी–२० विश्वकप : स्कटल्यान्डविरुद्ध ७ विकेटले जित्यो नेपाल
टी–२० विश्वकप: नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै
टी–२० विश्वकपः जिम्बाब्वेले अष्ट्रेलियालाई हरायो
टी–२० विश्वकपमा भारतको लगातार दोस्रो जित : नामिबिया ९३ रनले पराजित