इलाममा पिकअप दुर्घटना, १९ जना घाइते

सफल खबर संवाददाता

मंगलबार, १८ बैशाख २०८१, १९ : ११
इलाममा पिकअप दुर्घटना, १९ जना घाइते

इलाम । इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटनामा परेको छ । को २ च ४४७ नम्बरको पिकअप गाडी इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजार नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी १९ जना घाइते भएका छन् । गम्भीर घाइते तीन जनालाई उपचारको लागि झापा अस्पताल रेफर गरिएको छ । सामान्य घाइतेको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस