भोजपुरी स्टार अमृता पाण्डे ‘अन्नपूर्णा’ मृत भेटिइन्

सफल खबर संवाददाता

सोमबार, १७ बैशाख २०८१, १२ : ३१
भोजपुरी स्टार अमृता पाण्डे ‘अन्नपूर्णा’ मृत भेटिइन्

काठमाडौं । भोजपुरी अभिनेतृ अमृता पाण्डे उर्फ अन्नपूर्णाको शंकास्पद मृत्यु भएको छ ।

भारतको बिहारस्थित भागलपुरको जोगसर थाना क्षेत्रको आदमपुर जहाज घाटमा रहेको अपार्टमेन्टको फ्ल्याटमा झुण्डिएको अवस्थामा अभिनेतृको शव फेला परेपछि उक्त क्षेत्रमा सनसनी मच्चिएको थियो ।

खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको छ । यो खबरले भोजपुरी फिल्म क्षेत्र स्तब्ध बनेको छ । अमृताले किन आत्महत्या गरिन् भन्ने कारण भने खुल्न सकेको छैन ।

मिडिया रिपोर्टका अनुसार पाण्डेको दुई वर्षअघि छत्तीसगढको बिलासपुर निवासी चन्द्रमणि झाङ्देसँग विवाह भएको थियो । उनी एनिमेसनमा काम गर्थे । विवाहपछि दुवै मुम्बईमा सँगै बसे ।

प्रतिक्रिया दिनुहोस