सुर्खेत । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उक्त स्काभेटरका सह–चालक शुभकालिका गाउँपालिका–१, बस्ने २४ वर्षीया दलबहादुर रिजाल रहेका छन् ।
यस्तै चालक कैलालीको चुरे गाउँपालिका–५, का २८ वर्षीया हिक्मत रोका मगर गम्भीर घाइते भएकको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक कार्यालयले दिएको जानकारी अनुसार स्काभेटर सोमबार (आज) बिहान तीन बजेतिर शुभकालिका गाउँपालिका–१, छाति भन्ने ठाउँमा दुर्घटना भएको हो ।
छातिदेखि दहिखोलातर्फ जादै गरेको क.प्र. ०२–००१ क ०१२९ नम्बरको स्काईभेटर अनियन्त्रित भई सडकबाट ५ सय मिटर तल खसेको थियो । घाइते चालकलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ बैशाख २०८१, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु