एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) ले विश्वकै ठूलो विमानस्थल निर्माण गर्न लागेको छ । यसको नाम अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल हुने समाचारमा उल्लेख छ ।
आइतवार, दुबईका शासक शेख मोहम्मद बिन रसिद अल–मकतूमले एइडी (युएइको मुद्रा) १२८ बिलियनको लागतमा नयाँ यात्री टर्मिनललाई अनुमोदन गरे । यो विमानस्थल निर्माणको काम सन् २०१३ मा नै सुरु भएको हो ।
अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल विश्वको सबैभन्दा ठूलो हुनेछ । विमानस्थलमा २६ करोड यात्रु क्षमताको हुनेछ । अहिले रहेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारको पाँच गुणा ठुलो हुने पनि जनाइएको छ ।
दुबई एयरपोर्टका सबै कामहरु आगामी वर्षहरूमा अल मकतूममा सारिने छ । अल मकतूम एयरपोर्टमा चार सय टर्मिनल गेटहरू र पाँच रनवेहरू पनि समावेश गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १७ बैशाख २०८१, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु
सिमकोट विमानस्थल चलायमान, एकै दिन १६४ उडान–अवतरण
ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प
कतारमा इरानी मिसाइल आक्रमणको प्रभाव त्रिभुवन विमानस्थलमा देखियो
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला