राष्ट्रिय सभा सदस्य शाक्यद्वारा शपथ ग्रहण

सफल खबर संवाददाता

आइतबार, १६ बैशाख २०८१, २० : ०३
राष्ट्रिय सभा सदस्य शाक्यद्वारा शपथ ग्रहण

काठमाडौँ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मनोनीत राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले शपथ ग्रहण गरेकी छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार सिंहदरबारमा शाक्यलाई राष्ट्रिय सभा सदस्यको पदको शपथ ग्रहण गराएका हुन् ।

शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख ६ मा राष्ट्रिय सभा सदस्य पदमा मनोनीत गरेका थिए ।शपथ ग्रहणपछि शाक्यले राष्ट्रिय सभाको गरिमालाई उचाइमा पुर्‍याउन भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिइन् ।

एमाले विदेश विभाग सदस्यसमेत रहेकी शाक्यले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी थिइन् । त्यस्तै, उनी पूर्वराजदूत पनि हुन् ।

 

प्रतिक्रिया दिनुहोस