भरतपुरमा प्रथम सहिद लखन थापाको सालिक निर्माण, मेयर रेनुले गरिन् अनावरण

सफल खबर संवाददाता

आइतबार, १६ बैशाख २०८१, ०९ : ०३
भरतपुरमा प्रथम सहिद लखन थापाको सालिक निर्माण, मेयर रेनुले गरिन् अनावरण

चितवन । नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक स्थापना गरिएको छ। 

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सालिकको अनावरण गरेकी छन्। सालिक अनावरण गर्दै नले सहिदको बलिदानबाट देशमा परिवर्तन सम्भव भएको बताइन्। 

‘सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति सबै जुट्नुपर्छ,’ मेयर दाहालले भनिन्, ‘यहाँ लखन थापा पार्क निर्माणमा महानगरपालिकाले सहयोग गर्ने गर्नेछ।

लखन थापा पार्क व्यवस्थापन समितिमार्फत साढे तीन फिट अग्लो सालिक निर्माण गरिएको हो। सालिक निर्माणका लागि महानगरले रु ११ लाख ४९ हजार प्रदान गरेको थियो। 

सालिक निर्माणमा रु १३ लाख खर्च भएको र बाँकी रकम स्थानीयले सहयोग व्यहोरेका समितिका अध्यक्ष निलकुमार मगरले जानकारी दिए। 

सालिक स्थापनासँगै रामनगरमा बृहत् पार्क निर्माणको योजना बनाइएको छ।  बरण्डाभार जङ्गल क्षेत्रको २१ बिघा जग्गालाई वनभोजस्थल बनाउन लागिएको उनले बताए। 

विसं १८९१ मा गोरखाको काहुले भङ्गारमा जन्मनुभएका लखन थापा १९३३ को फागुन २ मा सहिद भएका थिए। सरकारले उनलाई २०७३ असोज ३ गते पहिलो सहिद घोषणा गरेको हो।

प्रतिक्रिया दिनुहोस