काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा सार्वजनिक सवारी साधन पनि निर्बाध सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
आयोगले यस सम्बन्धी प्रबन्ध मिलाउन गृहमन्त्रालयमार्फत् प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन समेत दिइसकेको छ । यसअघिका चुनावहरूमा अत्यावश्यक सेवा र निर्वाचन आयोगबाट सवारी पास भएका गाडीहरुमात्र सञ्चालन गर्न दिइन्थ्यो । तर उपनिर्वाचनमा भने मतदाताको सुविधाका लागि मतदान केन्द्रसम्मै निर्बाध रूपमा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय आयोगले गरेको हो ।
उपनिर्वाचनमा स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ बैशाख २०८१, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङ उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस
राजनीतिक मैदानको मूल खेलाडी एमाले र काँग्रेस मात्रै रहेको पुष्टि : गोकुल बास्कोटा
३४ हजार गणना हुँदा रास्वपाका उम्मेदवार लिम्बुले पाए १९४५ मत
बझाङमा नेकपा एसको धरौटी जफत
इलाम–२ मा सुहाङलाई निरन्तर अग्रता, कांग्रेससँग मतान्तर घटाउँदै थेगिम
झण्डै २२ हजार मत गन्दा पनि डाक प्रसादको शून्य मत !