चलचित्र ‘बोक्सीको घर’ आजबाट हलमा

सफल खबर संवाददाता

शुक्रबार, १४ बैशाख २०८१, ११ : २६
चलचित्र ‘बोक्सीको घर’ आजबाट हलमा

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत आजबाट यो चलचित्र प्रदर्शनमा आएको हो ।  अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ सुलक्षण भारतीको लेखन निर्देशनमा तयार भएको हो । फिल्मका निर्माता बद्री अधिकारी रहेका छन् ।

महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि घुमेको फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय रहेको छ ।

फिल्ममा शिवराम श्रेष्ठको छायाङ्कन र लोकेश बज्राचार्यको सम्पादन छ भने टिफल्क फिल्मस्ले  देशभर वितरण गरेको हो । 

 

प्रतिक्रिया दिनुहोस