काठमाडौँ । ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री शक्ति बहादुर बस्नेतले सरकारले आगामी लगानी सम्मेलन समेतलाई दृष्टिकोण राख्दै नीतिगत सुधारका काम अगाडि बढाएको जानकारी दिएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित हिमालयन हाइड्रो एक्स्पो-२०२४ उद्घाटन समारोहमा उनले, सरकारले आगामी लगानी सम्मेलन समेतलाई दृष्टिकोण राख्दै केही नेपाल ऐन संशोधनमार्फत नीतिगत सुधारका काम अगाडि बढाएको बताएका हुन् ।
उनले भने,‘त्यो बाहेक पनि बन क्षेत्र उपलब्ध गर्ने,जग्गा प्राप्तिका केही सवालहरू छन् । जसलाई केही नेपाल ऐन संशोधनमा मार्फत सम्बोधन गर्ने गरेर सरकरले प्रक्रिया अगाडि बढाएको छ । हामीले आगामी लगानी सम्मेलन समेतलाई दृष्टिकोण राख्दै केही नेपाल ऐन संशोधन मार्फत नीतिगत सुधारका काम अगाडि बढाएका छौं ।’
मन्त्री बस्नेतले, संसदमा रहेको विद्युत् सम्बन्धी विधेयक चाँडै पारित हुने पनि बताए । विद्युत् सम्बन्धी विधेयकले रोडम्याप एक्सन प्लानको कार्यान्वयनको लागि महत्त्वपूर्ण योगदान पुर्याउने उनको विश्वास छ ।
उनले भने,‘हाम्रो विद्युत् विधेयक अहिले संसदमा छ । मलाई लाग्छ त्यसले विद्युत् उत्पादन प्रसारणको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने छ, अब निकट भविष्यमा नै पारित हुनेछ । र यसले यो रोडम्याप एक्सन प्लानको कार्यान्वयनको लागि महत्त्वपूर्ण योगदान पुर्याउने हामीले विश्वास लिएका छौं ।’
उनले देशको विकास र समृद्धिको लागि जलविद्युतको क्षेत्र निकै नै महत्त्वपूर्ण रहको बताए ।
 
                 
                     
                                     
                    
 
                     
                                                 
                                                 
                                                _20251024072916.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ बैशाख २०८१, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी छुट्टै ऐनको व्यवस्था गर्ने मन्त्री खड्काको दाबी
जलविद्युत् आयोजनाको वित्त व्यवस्थापन गर्ने समय दुई वर्ष थप