काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले जलविद्युत र पर्यटन क्षेत्र ‘इन्जिन अफ ग्रोथ’का रूपमा रहेको भन्दै त्यसको उपयोग, परिचालन र व्यवस्थापनमा ध्यान दिन सक्नुपर्ने बताएका छन् ।
राष्ट्रिय विकास परिषद् बैठकमा १६ औँ योजनाबारे बिहीबार सुझाव दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले नेपालका कतिपय योजनाहरु हचुवाको भरमा अघि सार्दा प्रभावकारी बन्न नसकेको टिप्पणी गरे ।
‘उदाहरणका लागि सबै पालिकामा अस्पताल । भवन बनाइएको छ न उपकरण छन् न दक्ष चिकित्सक ?’, नेपालको प्रश्न छ । उनले प्रत्येक पालिकामा अस्पताल बनाउनुको साटो एक जिल्लामा दुईवटासम्म स्तरीय अस्पताल भए नागरिकले सेवा पाउन सक्ने बताए । ‘तराईको एक जिल्लामा दुई वटा मात्र राम्रो अस्पताल भए बरु त्यो प्रभावकारी हुन्छ’, नेपालको भनाइ छ ।
उनले नेपालको विकासका लागि कृषि र वन र खानिजन्य उद्योगहरूलाई प्राथमिकता दिनुपर्ने बताए । अध्यक्ष नेपालले उद्योगहरू खोल्न र सञ्चालन गर्न निजी क्षेत्र उत्साहित हुन नसक्नुको कारण खोज्न सक्नुपर्ने बताए ।
‘नीजि क्षेत्र किन उत्साहित हुन सकेको छैन ? यसबारेमा गहिरो कारण खोज्नुपर्छ’, अध्यक्ष नेपालले भने, ‘नेपालको अर्थतन्त्रको मुख्य शक्ति भनेको कृषि हो । नेपालको इन्जिन अफ ग्रोथ जलविद्युत र पर्यटन हो । जलविद्युतका क्षेत्रमा केके समस्या छन् त रु त्यसका लगानीकर्ताले कस्तो समस्या महसुस गरिरहेका छन् ? यसको समाधान खोज्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ बैशाख २०८१, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गठबन्धनमा असन्तुष्ट माधव नेपालसँग देउवाको अर्थपूर्ण भेट
जनताबाट अलग भइसकेपछि समाजवादी पार्टीहरूको बिजोग हुन्छ : माधव नेपाल
सबै कम्युनिस्ट शक्ति एकीकृत हुनुपर्छ :अध्यक्ष नेपाल
प्रधानमन्त्री प्रचण्ड र केपी ओलीसँग माधव नेपालले गरे सहकार्यको प्रस्ताव
एमाले वर्तमान सत्ता गठबन्धन तोड्न उद्यत छ : अध्यक्ष माधव नेपालको दस्ताबेज (पूर्णपाठसहित)
मुलुकको राजनीतिमा अझै अस्थिरताको बादल मडारिरहेको छ : माधव नेपाल