आइपीएल : गुजरात बिरुद्ध दिल्लीको रोमान्चक जीत

एजेन्सी

विहीबार, १३ बैशाख २०८१, ०७ : ११
आइपीएल : गुजरात बिरुद्ध दिल्लीको रोमान्चक जीत

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सविरुद्ध ४ रनको रोमान्चक जीत हात पारेको छ ।

गएराति सम्पन्न खेलमा २२५ रनको लक्ष्य पछ्याएको गुजरातले साई सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २२० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ६५ रन बनाए भने डेभिडले २३ बलमा ५५ रन जोडे । 

ओपनर ऋदिमन शाहले ३९, साई किशोरेले १३ र रसिद खानले नटआउट २१ रनबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

दिल्लीका रसिक सलमानले ३, कुलदिप यादवले २ तथा एनरिच नोर्टजे, मुकेशकुमार र अक्षर पटेलले समान १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको आमन्त्रण पाएको दिल्लीका कप्तान ऋषभ पन्त र अक्षर पटेलको अर्धशतकसँगै २० ओभरमा ४ विकेटको क्षतिमा २२४ रन बनाएको थियो ।

दिल्लीका लागि ऋषभले ४३ बलमा नटआउट ८८ रन बने । अक्षर पटेलले ४३ बलमा ६६ रन बनाए । गुजरातका सन्दीप वारियरले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट र नुर अहमदले १ विकेट लिए । 

समान ९ खेलमा ८ अंक जोडेको दिल्ली छैटौं र गुजरात सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस