दैलेखमा बँदेलको आक्रमणबाट सात जना घाइते

सफल खबर संवाददाता

मंगलबार, ११ बैशाख २०८१, १६ : २३
दैलेखमा बँदेलको आक्रमणबाट सात जना घाइते

सुर्खेत । दैलेखको भैरवी गाउँपालिकामा बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन् ।घाइते हुनेमा भैरवी गाउँपालिका–६, गणेश सिजाली, लछुमन पुन मगर, रत्न बहादुर बराल, तर्क बहादुर पुन मगर, पूर्ण सिजाली, जय बहादुर थापा मगर र तिलक पौडेल रहेका छन् ।

मंगलबार बिहान ११ बजेतिर जंगलबाट गाउँ पसेको बँदेलले मान्छेलाई आक्रमण गरेको वडाध्यक्ष तुलबहादुर हमालले बताए  ।

जंगलबाट एक्कासि मात्तिएर गाउँ पसेको थियो । गणेश सिजालीको घरको आँगनमा सबै जना बसिरहेका रहेछन्, आक्रमण गर्‍यो,’ उनले भने, ‘गणेशजीको अवस्था निकै गम्भीर रहेको भनिएको छ ।’

घाइते गणेशलाई जिल्ला अस्पताल दैलेखमा लगिएको छ भने बाँकी ६ जनाको स्थानीय मेडिकलमा उपचा भइरहेको वडाध्यक्ष हमालले बताए ।

प्रतिक्रिया दिनुहोस