जनकपुर । धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार विनयकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आज बिहान आफैँले चलाएको प्रदेश ०२–००६ प ३०३५ नं को मोटरसाइकल ढल्केवर–जनकपुर सडकखण्डमा अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर पत्रकार यादव गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन आवाले जानकारी दिए ।
मोटरसाइकलको पछाडि सवार रहेका यादवका छिमेकी लक्ष्मीनारायण यादव घाइते भएको र निजको उपचार सोही अस्पतालमा भइरहेको बताइएको छ । धनुषाधाम नगरपालिका वडा नं ५ का स्थानीय बासिन्दा रहेका मृतक पत्रकार रेडियो धनुषाधामका सञ्चालक तथा ई–न्युज ब्युरोका कार्यकारी सम्पादक थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ११ बैशाख २०८१, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु
इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु
जङ्गलमा लागेको आगो घरमा सल्किँदा घर नष्ट
जगातीमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु
रुकुम पश्चिममा ट्रककाे ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु