एजेन्सी । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन् ।
मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए।
दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा हेलिकप्टरमा सवार सबै १० जनाको मृत्यु भएको बीबीसीले जानकारी दिएको छ ।
स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर ठोक्किएर एक स्टेडियममा खसेका थिए।
बीबीसीले यस दुर्घटनाको बारेमा थप जानकारीको लागि मलेसियाली अधिकारीहरूसँग सम्पर्क गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ११ बैशाख २०८१, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मृत्यु
डोल्पाको उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग गरिने
रूसमा हेलिकप्टर खस्दा ५ जनाको मृत्यु
कन्टेनरमा लोड गरेर तातोपानी नाकाबाट पहिलो पटक नेपाल भित्रियो हेलिकप्टर
भारतमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु