काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता लागेन भन्दै प्रश्न गरेका छन् । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराइज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले काँग्रेसको विरोध गर्दैमा भण्डारीको हत्यारा पत्ता नलाग्ने बताएका हुन् ।
उनले भने, ‘मदन भण्डारीको विषयमा मेरो राम्रै कुरा गर्ने इच्छा थियो । तर, अहिले बीचमा आएर उहाँहरुले काँग्रेसलाई गाली गर्नुभयो । एमालेले गाली गरेपछि मैले जवाफ दिनु परिहाल्यो । मलाई गाली गर्नेहरूले मदन भण्डारी मारेको कुरा किन भन्न सक्दैन ? रहस्यमय ढङ्गले ?’
उनले भण्डारीको हत्यारो को हो अझै पत्ता लगाउन नसकेकोप्रति असन्तुष्टि जनाए । सभापति देउवाले थपे, ‘हुँदाहुँदै उसको डाइभर पनि मारियो । त्यो पनि पत्ता लागेको छैन । काँग्रेसको विरोध गर्न सजिलो होला । तर, आफ्नो कुरा पनि भन्नुपर्यो नि १ दुई पटक राष्ट्रपति बन्नुभयो । सबै प्रधानमन्त्री बनिसके खोइ पत्ता लागेको रु त्यसैले मलाई गाली गरेर केही हुनेवाला छैन । पत्ता लगाउनुस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० बैशाख २०८१, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमान दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बागमतीमा कांग्रेस र एमालेबीच सहमतिः २०/२० महिना मुख्यमन्त्री हुने
यसरी हुँदैछ कांग्रेस र एमालेबीच २० मन्त्रालय बाँडफाँटको ‘मोडालिटी’
कांग्रेस र एमालेले ७ बुँदे सहमति सार्वजनिक गर्ने
विपद्बाट प्रभावितलाई सहयोग गर्न कार्यकर्तालाई कांग्रेसको निर्देशन
कांग्रेसले बोलायो संसदीय दलको बैठक