सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा

सफल खबर संवाददाता

सोमबार, १० बैशाख २०८१, ११ : ४३
सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको बर्खास्ती माग्दै सर्वोच्चमा दायर गरिएको रिटमा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेशी तोकिएको छ ।

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले २२ चैतमा राजीनामा दिएपछि संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागी प्रदेश प्रमुखले आह्वान गरेका थिए ।नागरिक उन्मुक्तिका तर्फबाट वैशाख २ मा लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका थिए । तर, ४ वैशाखमा पुनः दाबी पेश गर्न प्रदेश प्रमुख नजिर मियाँले आह्वान गरेपछि दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए ।

त्यसपछि प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीका वारेस गोविन्द चौधरीले चार विपक्षी कायम गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस