विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

सफल खबर संवाददाता

आइतबार, ०९ बैशाख २०८१, १२ : २०
विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

काठमाडौं। सार्वजनिक पदमै रहँदा अमेरिकाको स्थायी आवासीय अनुमति पत्र (पीआर) राखेको अभियोगमा सेक्युरिटी प्रिन्टिङ प्रेसका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध मुद्दा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरू विशेष अदालत पुगेका छन् ।

गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा हिरासतमा रहेका पौडेलविरुद्ध पीआरसम्बन्धी मुद्दा दायर गर्न लागिएको अख्तियार स्रोतले जानकारी दियो । विशेष अदालतमा उक्त मुद्दा रुजुको काम भइरहेको  छ ।

रुजु भएलगत्तै मुद्दा दर्ता हुनेछ ।विकलले नेपालमा सरकारी सुविधा लिइरहेका बेला अमेरिकाको पीआर पनि राखेको पाइएको हो । कानून: यसो गर्न वर्जित छ । 

प्रतिक्रिया दिनुहोस