काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आफ्नो पार्टीलाई सिध्याउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । शनिबार इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले वर्षौदेखि सत्तामा बसिरहेका मान्छेले नयाँ मान्छे आएको चित्त नबुझाएकाले रास्वपालाई सिध्याउने षड्यन्त्र भइरहेको दाबी गरे ।
उनले रास्वपालाई सिध्याउने षड्यन्त्र भए पनि जनताले उठाएको शक्तिलाई सक्याउने ताकत कसैसँग नरहेको बताए । ‘देशलाई सुशासनको बाटोतर्फ बढाउन रास्वपालाई थप शक्ति आवश्यक छ’, गृहमन्त्रीसमेत रहेका लामिछानेले भने, ‘चुनावका बेला गल्ती गर्ने र पछि पछुताउनुपर्ने अवस्था आउन नदिन मतदाताले विवेकी निर्णय गर्नुपर्छ ।’
उनले मौन अवधिमा हुने आचारसंहिता उल्लंघनका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशनसमेत दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ बैशाख २०८१, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट