काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले चुनावी प्रचार प्रसारका लागि इलाममा छन् । पार्टीका उम्मेदवार मिलन लिम्बुको चुनावी सभामा लामिछाने लगायत नेताहरूले सम्बोधन गरिरहेका छन् ।
इलाम गजुरमुखी धाममा भएको सभालाई सम्बोधन गर्दै उनले रक्सी र मासुमा भोट खेर नफाल्न आग्रह गरेका छन् । आफ्नो पार्टीसँग इमानदार उम्मेदवार बाहेक अरू केही नभएको उनले ठट्टा गर्दै भने, ‘हाम्रो त पानी खुवाउने पैसा पनि छैन । रक्सी, मासु त कसरी बाँड्नु ।’
खासमा उनले चुनावको समयमा उम्मेदवारहरूले जनतालाई विभिन्न प्रलोभन देखाएर मत माग्ने गर्छन् भन्ने सन्दर्भमा व्यङ्ग्य गरेका थिए । जनताले सोचेजस्तो उम्मेदवार नभए नेता फेर्न सकिने उल्लेख गर्दै उनले भने, ‘हामीले सोचेजस्तो उहाँले भनेजस्तो नेता राम्रो भएन भने फेर्न सकिन्छ । मिलन लिम्बुले राम्रो काम गरेन भने अर्को लिम्बु आउँछ । लामिछानेले गर्न सकेन भने अर्को आउँछ । तपाईँ त शक्तिशाली जनता हो । के ऋण खानु भएको छ र मेरो ? के ऋण खानुभएको छ र मिलन लिम्बुको ? अरूको खाच्चखुच्च खानुभयो होला । हाम्रो त खुवाउनै सक्दैनौँ खुवाउँदैनौँ पनि,यी पानी खुवाउने पैसा छैन हाम्रो त ।
उनले अगाडि भने, ‘हामीसँग इमानदार उम्मेदवार छन् त्यति भए पुग्छ,हामी देश बनाउन सक्छौँ । अरू पैसा बाँड्ने रक्सी बाँड्ने मासु बाँड्ने हामीले सक्दैनौँ । बरु तपाईँको छ भने दिनु न बरु हामी त खाजा खाएर जान्छौँ । याँ पार्टी चलाउने पैसा नभएर साथीहरूलाई हारगुहार गरेर बसेका छौँ । होटलको पैसा कसले तिर्ला भनेर बस्नुपरेको छ । हामीसँग इमान छ आँट छ साहस छ हिम्मत छ । यो देश सतीले सरापेको देश होइन केही जुकाहरूले चुसेको देश हो । जुकाहरू फाले बन्छ । यो जनताले बुझ्ने कुरा हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ बैशाख २०८१, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट