काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ

सफल खबर संवाददाता

शनिबार, ०८ बैशाख २०८१, ०९ : २८
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजना अन्तर्गत एग्रो पुलिङ कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि दुई जना कृषि विज्ञ माग गरेको छ । 

आज एक सूचना जारी गर्दै महानगरले इच्छुक विज्ञलाई सात दिनभित्र महानगरपालिकाको श्रम बैङ्कमा आबद्ध भई कृषि तथा पशुपन्छी विभागमा जानकारी गराउनुहुन आग्रह गरिएको छ । 

कृषि विज्ञको सेवा सुविधा सरकारले तोकिए बमोजिम हुने कृषि तथा पशुपन्छी विभागद्वारा जारी सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस