एजेन्सी । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको छ ।
देशको पश्चिमी भागमा हेलिकप्टर दुर्घटनामा उनको मृत्यु भएको राष्ट्रपति विलियम रुटोले टेलिभिजन सम्बोधनमा घोषणा गरेका छन् ।
स्थानीय समय अनुसार बिहीबार दिउँसो उडेको केही समयपछि हेलिकप्टर दुर्घटना हुँदा ओगोला र सेनाका अन्य ९ सदस्यको मृत्यु भएको रुटोले जानकारी दिए । उनका अनुसार दुर्घटनामा दुई जना बाँच्न सफल भएका छन ।
‘केन्या रक्षा बलका प्रमुख जनरल फ्रान्सिस ओमोन्डी ओगोलाको निधनको घोषणा गर्नु पर्दा म गहिरो दुःखी छु,’ उनले भने।
दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानकर्ताहरूको टोली एल्गेयो माराक्वेट काउन्टीको दुर्घटनास्थलमा पठाइएको रुटोले जानकारी दिएका छन ।
ओगोला बिहीबार नैरोबीबाट देशको उत्तरी रिफ्ट क्षेत्रमा भ्रमण गर्न पुगेका थिए । र, चलिरहेको विद्यालय नवीकरणको निरीक्षण गर्न बिहीबार प्रस्थान गरेका हुन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०७ बैशाख २०८१, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते