सुन तस्करी प्रकरण : जीवन चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी

सफल खबर संवाददाता

विहीबार, ०६ बैशाख २०८१, १३ : २३
सुन तस्करी प्रकरण : जीवन चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी

काठमाडौं । सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन नोटिस जारी भएको छ । सुन तस्करी प्रकरणमा चलाउने र तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङबीच कनेक्सन देखिएको थियो ।

अछामको तुर्माखात गाउँपालिका घर भएका स्थायी ठेगाना भएका चलाउने अमेरिकामा लुकेर बसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस