काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ ।
मुख्यमन्त्री जोखबहादुर महाराले बिहीबार एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री थप गरेका हुन् । आज थपिएका सँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । त्यसमध्ये ६ जना विना विभागीय छन् । आज थपिएका ६ जना मन्त्रीकै कार्यविभाजन गरिएको छैन । उनीहरू सबैले आजै विना विभागीय मन्त्रीको शपथ लिंदैछन् ।
यसअघि नै एमालेका चेतनाथ आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । बाँकी सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री महराले सम्हालिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ बैशाख २०८१, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि
बुद्ध जन्मभूमि लुम्बिनी गौरवको केन्द्र: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने