काठमाडौं । आज बिहिबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन पनि तोलामा ६ सयले घटेर प्रतितोला १ लाख ३७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको भाउ १० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १० रुपैयाँले बढेर प्रति तोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ बैशाख २०८१, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?