नागढुंगा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रु’मा प्रधानमन्त्री पुग्दै

सफल खबर संवाददाता

सोमबार, ०३ बैशाख २०८१, १० : ३७
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रु’मा प्रधानमन्त्री पुग्दै

काठमाडौ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सोमबार ‘ब्रेक थ्रु’ (छिचोलिने) भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले साढे १२ बजे सुरुङमार्गको ब्रेक थ्रु गर्ने कार्यक्रम रहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । 

सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप १ वर्ष लाग्ने आयोजनाले जनाएको छ । मुख्य सुरुङ गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने तयारी थियो । १४ मिटर खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइलगायत नयाँ पुराना माग अघि सार्दै धादिङ र काठमाडौंतर्फ एक महिना काम ठप्प पारेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रालय र स्थानीयबीच ९ बुँदे सहमति पछि चैत ६ देखि निर्माण सुरु भएको थियो । नागढुंगा सुरुङ मार्गको मुख्य लम्बाइ २६ सय ६६ मिटर छ ।

सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौंको थानकोटबाट तीन मिनेट मै धादिङको सिस्ने खोला पुगिनेछ । मुख्य सुरुङ २.६८८ किमि र आपत्कालीन सुरुङको दूरी २.५५७ किमि छ । आपत्कालीन सुरुङको गत साउन २२ मा ‘ब्रेक थ्रु’ भइसकेको छ । अहिले फिनिसिङ भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस