एजेन्सी । इङलिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र आर्सनलले आ-आफ्नो खेल हारेपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा कायम रहेको छ ।
गएराती सम्पन्न खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग १-० ले पराजित भयो भने आर्सनल एस्टन भिल्लासँग २-० गोल अन्तरले पराजित भएको थियो ।
यो हारले लिभरपुल र आर्सनललाई ठुलो धक्का लागेको छ । यस सिजनको लिग अन्तिम चरणमा रहेको र तीन क्लबबीच उपाधि जितमा प्रतिष्पर्धा रहेको बेला यो हारले म्यानचेस्टर सिटीको उपाधि जित्ने सम्भावना बढेर गएको छ ।
३२ खेलपछि म्यानचेस्टर सिटीको ७३ अंक रहेको छ भने आर्सनलको ७१ अंक रहेको छ । त्यस्तै ७१ अंक नै रहेको लिभरपुलको भने गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ बैशाख २०८१, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रिमियर लिगमा युनाइटेडको जित
म्यानचेस्टरलाई हराउँदै टोटनहामले जित्यो युरोपा लिगको उपाधि
म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा
म्यानचेस्टर सिटीमाथि लिभरपुलको सहज जित