काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रवार बसेको बैठकमा काठमाडौं केन्द्रित जनप्रदर्शनको समीक्षा भइरहेको छ ।
बैठकको प्रारम्भमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनमा प्रशासनले दमन गरेको बताएका थिए । साथै उनले केही नेता-कार्यकर्ता घाइते भए पनि समग्रमा प्रदर्शन सफल भएको बताए ।पार्टी र एजेन्डाको पक्षमा सकारात्मक सन्देश गएको उनको दाबी थियो ।
राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको बताउँदै उनले प्रदर्शनमा सहभागी सम्पूर्णलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० चैत्र २०८०, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा कुनै दलसँग सहकार्य नगरेका राष्ट्रिय प्रजातन्त्र पार्टीको स्पष्टीकरण
सबै भ्रष्टाचार काण्डको छानबिन माग गर्दै राप्रपाले बुझायो अख्तियारमा ज्ञापनपत्र