संसदीय छानबिन समिति नबनाएसम्म कांग्रेस पछि हट्दैन : नेता सिंह

सफल खबर संवाददाता

शुक्रबार, ३० चैत्र २०८०, ११ : २४
संसदीय छानबिन समिति नबनाएसम्म कांग्रेस पछि हट्दैन : नेता सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन नमानेर सरकारले संसदीय व्यवस्थामाथि नै प्रहार गरेको आरोप लगाएका छन् ।नयाँ बानेश्वरमा आज आयोजित चियापान कार्यक्रम बोल्दै उनले सरकारका मन्त्रीबारे कुरा उठिसकेपछि छानबिन गर्नु संसदीय अभ्यास भएको बताए ।

संसदीय छानबिन समिति नबनाएसम्म कांग्रेस आफ्नो अडानबाट पछि नहट्ने उनले बताए ।सरकारले संसद्‌समेत सुचारु गर्न नचाहेको उनको आरोप छ ।

यस्तोबेला गरिने लगानी सम्मेलनले समेत कुनै नतिजा नदिने उनले बताए ।कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस