मध्यरातमा काटियो बुद्धचित्तको बोट,‌ आँगनमा भेटियो चार वटा सकेट बम

सफल खबर संवाददाता

शुक्रबार, ३० चैत्र २०८०, १० : ५४
मध्यरातमा काटियो बुद्धचित्तको बोट,‌ आँगनमा भेटियो चार वटा सकेट बम

काभ्रे । काभ्रेमा बुद्धचित्तको बोट काटेर अज्ञात समूहले एक घरमा चार वटा सकेट बम राखेको फेला परेको छ।

गए राति करिब १ बजे रोशी गाउँपालिका वडा नम्बर ५ नागबेलीस्थित ठाकुरानी तामाङको बारीमा रहेको बुद्ध चित्तको बोट काटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार करिब १५/२० जनाको अज्ञात समूहले बारीमा आएर बुद्धचित्तको बोट काटेको भन्ने खबर प्रहरले प्राप्त गरेको थियो। खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मंगलटारबाट गए राति २ बजे  टोली घटनास्थलमा पुगेको थियो।

टोली पुग्दा बुद्ध चित्तको बोट काटिएको अवस्थामा थियो।त्यस्तै आँगनमा चार वटा घरेलु सकेट बम राखिएको फेला परेको डिएसपी श्रेष्ठले बताए। 

उनकाअनुसार घरनजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट पनि फेला परेको छ। यसबारे प्रहरीले अनुसन्धान बढाएको छ।

प्रतिक्रिया दिनुहोस