महिला उपस्थिति सन्तोषजनक छैन : दिनेश थपलिया

सफल खबर संवाददाता

विहीबार, २९ चैत्र २०८०, १४ : १८
महिला उपस्थिति सन्तोषजनक छैन : दिनेश थपलिया

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र कानुनी व्यवस्था भए पनि दलीय प्रभावले नेतृत्वमा महिला उपस्थिति सन्तोषजनक हुन नसकेको बताएका छन् ।

बिहीबार काठमाडौँमा एक कार्यक्रममा बोल्दै उनले भने, ‘संविधानले गरेको व्यवस्था र अहिलेको अवस्थामा खाडल छ, सन्तोषजनक हुन सक्ने अवस्था छैन ।’ महिलाहरूको निर्भीकता प्रस्फुटित हुने र नेतृत्वमा ल्याउने सबैभन्दा उपयुक्त र प्रभावकारी माध्यम निर्वचन नै भए पनि कानुनी छिद्रहरू रहेको उनले बताए । ‘एउटा दुःखदायी तथ्याङ्क म भन्छु, एक हप्ताअगाडि अन्तिम मतदाता नामावली प्रकाशित गर्‍यौ, जम्मा जनसङ्ख्यामा महिलाको सङ्ख्या चार लाखभन्दा बढी छ,’ उनले भने, ‘जम्मा मतदातामा पुरुषभन्दा कम छ, खोज्नुपर्ने त त्यहाँ हो नि, हामीले नेतृत्वको कुरा गर्दा त्योसँग जोडिएका यावत् विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा भन्ने हो ।’

०७९ को निर्वाचनबाट स्थानीय तहमा ४२ प्रतिशत, प्रदेशमा ३५ र संघमा ३४ प्रतिशत महिला प्रतिनिधित्व छ ।

 

प्रतिक्रिया दिनुहोस