काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहकाबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उपाध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१७ ‘क’को अनुसूची २ बमोजिम उपाध्यक्ष घिमिरेले राष्ट्रियसभाको उपाध्यक्ष पदको शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, उच्च सरकारी अधिकारीलगायतको उपस्थिति थियो । घिमिरे राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, १९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा मन्त्रीले जवाफ दिने
राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने
राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल
राष्ट्रियसभा बैठक बस्दै, परराष्ट्रमन्त्री र पर्यटनमन्त्रीले जवाफ दिने
राष्ट्रियसभा बैठक बस्दै
प्रधानमन्त्रीविरुद्ध राष्ट्रियसभामा नाराबाजी, बैठक स्थगित