काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार विष्णुदेवी पुडासैनीलाई निर्वाचित गरिओस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा दुर्गा गुरुङ प्रस्तावक र नारायणदत्त भट्ट समर्थक रहेको उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । राष्ट्रिय सभाको बैठकमा आज उपस्थित जम्मा ५५ सांसद मध्ये पुडासैनीको पक्षमा जम्मा १६ मतमात्रै परेको छ । उनको विपक्षमा ३९ मत परेपछि उनको प्रस्ताव अस्वीकृत भएको हो ।
अब सत्ता गठबन्धनकी साझा उम्मेदवार एमालेकी विमला घिमिरेको प्रस्तावमाथि मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज राष्ट्रिय सभाको बैठक बस्दै
जेठ ७ गते राष्ट्रिय सभामा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची
राष्ट्रिय सभामा आठ अध्यादेश पेस
अध्यादेश र संवैधानिक परिषदबारे प्रधानमन्त्रीमाथि राष्ट्रिय सभामा कडा आलोचना
राष्ट्रिय सभामा एमालेको सचेतकमा रोशनी मेचे नियुक्त
सरोकारवालासँग परामर्शपछि मात्रै विधेयक प्रक्रिया अघि बढ्ने राष्ट्रिय सभा अध्यक्ष दाहालको दाबी