काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार विष्णुदेवी पुडासैनीलाई निर्वाचित गरिओस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा दुर्गा गुरुङ प्रस्तावक र नारायणदत्त भट्ट समर्थक रहेको उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । राष्ट्रिय सभाको बैठकमा आज उपस्थित जम्मा ५५ सांसद मध्ये पुडासैनीको पक्षमा जम्मा १६ मतमात्रै परेको छ । उनको विपक्षमा ३९ मत परेपछि उनको प्रस्ताव अस्वीकृत भएको हो ।
अब सत्ता गठबन्धनकी साझा उम्मेदवार एमालेकी विमला घिमिरेको प्रस्तावमाथि मतदान हुनेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
राष्ट्रिय सभा : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
१९ जना सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै
राष्ट्रिय सभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान