ललितपुरमा जुवातास खेलिरहेका ८ जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, २८ चैत्र २०८०, १३ : ०४
ललितपुरमा जुवातास खेलिरहेका ८ जना पक्राउ

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका-१२ ठेचो दुरिखेलबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । ३२ वर्षीय रमेश खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा रमेश समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको ह ।

प्रहरी वृत्त चापागाउँ खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ३२ हजार ५ सय ३५ रुपैयाँ र २  बुक तास बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस