बर्दिबास । बर्दिबास नगरपालिका-१४ स्थित मकैबारीबाट प्रहरीले २० किलो ९ सय ७४ ग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको गस्ती टोलीले मंगलबार बिहान मकैबारीबाट २० किलो बढी गाँजा बरामद गरेको हो ।
प्रहरी देख्नासाथ ३ जना व्यक्तिहरू बोकेको बोरा फाली फरार भएका थिए । प्रहरीले उक्त बोराबाट गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा गाजामा २० जनाको मृत्यु
सात किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
गाजाको राफा नाका आजदेखि खोलिने, छ सय सहायता सवारी प्रवेश गर्ने तयारी
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
गाजा इजरायल शान्ति योजना अनुमोदन, ७२ घण्टापछि २० बन्धक रिहा हुने
इजरायलले गाजामा गरेको आक्रमणमा ८० भन्दा बढी प्यालेस्टिनी मारिए