बर्दिबास । बर्दिबास नगरपालिका-१४ स्थित मकैबारीबाट प्रहरीले २० किलो ९ सय ७४ ग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको गस्ती टोलीले मंगलबार बिहान मकैबारीबाट २० किलो बढी गाँजा बरामद गरेको हो ।
प्रहरी देख्नासाथ ३ जना व्यक्तिहरू बोकेको बोरा फाली फरार भएका थिए । प्रहरीले उक्त बोराबाट गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु