एनआईसी एशिया बैंकका ९५ प्रतिशत सेवा अनलाइनबाटै

सफल खबर संवाददाता

मंगलबार, २७ चैत्र २०८०, १६ : १४
एनआईसी एशिया बैंकका ९५ प्रतिशत सेवा अनलाइनबाटै

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरू क्रमशः डिजिटल सेवामा रुपान्तरण भइरहेका छन् । मोबाइल बैकिङ्ग र इन्टरनेट बैकिङ्गमार्फत अधिकांस वाणिज्य बैंकहरू आफ्ना सेवाहरू ग्राहक समक्ष पुर्‍याउन प्रतिस्पर्धा गरिरहेका छन् ।यस प्रतिस्पर्धामा सबैभन्दा अगाडि देखिन्छ एनआईसी एशिया बैंक । यस बैंकले आफ्नो मोबाइल बैकिङ्ग सेवा (मोबैंक) र इन्टरनेट बैकिङ्गका प्लेटफर्ममार्फत आफ्ना ९५ प्रतिशत सेवाहरू ग्राहकको हातहातमा पुर्‍याएको छ ।

हाल बैंकमा रहेका ४१ लाखभन्दा धेरै ग्राहकमध्ये अधिकांशले यस बैंकको मोबाइल एप चलाइरहेका छन् भने उनीहरूले मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरिरहेका छन् ।चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा मोबाइल बैंकिङ्ग एप (मोबैंक) ३६ लाख पटक डाउनलोड भएको छ । जसमध्ये एन्ड्रोइड मोबाइलमा ३२ लाख ४२ हजारभन्दा धेरै र आईओएस मोबाइलमा ३ लाख ३६ हजारभन्दा धेरै पटक डाउनलोड भएको छ ।

मोबाइल बैंकिङ्ग प्रयोकर्तामा पनि उल्लेख्य वृद्धि हुँदै २५ लाख ४१ हजार ८ सयभन्दा धेरै ग्राहकले मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरिरहेको छन् । जुन समग्र बैंकिङ्ग क्षेत्रको औषत प्रति बैंक प्रयोगककर्ता भन्दा १७७ प्रतिशत अर्थात १६ लाख २२ हजारले बढी हो । समग्र बैंकिङ्ग क्षेत्रको औषत प्रति बैंक मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्ता ९ लाख १९ हजार रहेका छन् ।

यदि तपाईले एनआईसी एशिया बैंकको मोबाइल एप चलाइरहनु भएको छ भने यसमा उपलब्ध रहेको विभिन्न सुविधाहरूको मज्जा लिइरहनु भएको छ होला । यस एपमा मोबाइल एपमा दर्जनौं सुविधा र सेवाहरू रहेका छन् । यसमा रहेका कतिपय सेवाहरू अन्य वाणिज्य बैंकको एपमा समेत छैनन् । 

मोबाइल एपबाहेक यस बैंकले इन्टरनेट बैंकिङ्ग सेवाबाट कर्पोरेट क्षेत्र, मर्चेन्टलगायतमा ग्राहकलाई अधिकांश सेवा उपलब्ध गराएको छ । बैंकको वेबसाइटमा रहेको आइसर्भबाट घरबाटै काम गर्न सकिने धेरै सुविधाहरू उपलब्ध गरिएको छ ।

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले यस बैंकको डिजिटल सेवा सबैभन्दा उत्कृष्ट रहेको र मोबाइल बैंकिङ्ग सेवा र इन्टरनेट बैंकिङ्ग सेवाबाट ९५ प्रतिशतभन्दा धेरै काम गर्न सकिने बताए । अधिकांश काम अनलाइनबाट गर्न सकिने भएकाले शाखा कार्यालयमा पुग्ने चाप घटेको बताए ।

उत्कृष्ट मोबाइल एप

यस बैंकको मोबाइल एप (मोबैंक) वाणिज्य बैंकहरूले चलाइरहेका एपमध्ये सबैभन्दा उत्कृष्ट एपमा पर्छ । जसमा आईपीओ भर्नेदेखि कार्डलेस विथड्रलगायतका दर्जनौं सेवा र सुविधाहरू उपलब्ध रहेका छन् ।

जस्तो कि ‘अकाउन्ट’ अप्सनबाट आफ्नो खाताको बारेमा थाहा पाउन सकिन्छ । स्टेटमेन्ट, ब्याज, कारोबार हिस्ट्री, आफ्ना खाता नम्बर अरुलाई पठाउन, क्यास डिपोजिट, लकर सुविधा पनि यसबाट लिन सकिन्छ । त्यससँगै कार्ड, मोबाइल टपअप र कार्डलेस विथड्रको अप्स्न पनि रहेका छन् । 

बैंकिङ्ग सर्भिस भित्र फिक्स डिपोजिट गर्न, शेयर आवेदन, ईकमर्श एक्टिभ गर्न, डिम्याट खाता खोल्न, कार्ड, शाखा र एटीएमको जानकारी लिनेदेखि १८ वटा सेवाहरू लिन सकिन्छ ।

एपमा मोबैंक हब पेमेन्ट र पेमेन्टस् भन्ने अप्सनहरू रहेको छ । यहाँबाट दैनिक उपभोग वस्तुको बिल भुक्तानी गर्न सकिन्छ । जस्ता कि विद्युत, कर, एयरलाइन्स टिकट, खानेपानी, इन्टरनेट, टीभी, इन्स्योरेन्स, शेयर बजार, इएमई, केवल कार, बस टिकट, फिल्मको टिकट, स्कुल कलेजको शुल्क तिर्न सकिने सुविधाहरू रहेका छन् ।​

डिशहोम, ब्रोडलिंक इन्टरनेटका रिचार्ज कार्डहरू खरिद गर्न, ई-सेवा, खल्ती, आईएमई पे जस्ता मोबाइल वालेटमा पैसा लोड गर्न पनि सकिन्छ ।

त्यसैगरी, ‘फन्ड ट्रान्सफर’ अप्सनबाट आफ्नो खातामा रहेको रकमलाई एन आई सी एशिया बैंककै खाता वा अन्य बैंक तथा वित्तीय संस्थाको खातामा पठाउन सकिन्छ । त्यस्तै, कनेक्ट आईपीएस प्रयोग गर्न र लाइट अकाउन्ट पनि बनाउन सकिन्छ ।​

मुद्धति खातामा पठाउन पनि मोबाइल एपबाटै सकिन्छ । ‘सेन्ड मनी’बाट अरूलाई पैसा पठाउन, रेमिट्यान्स पठाउन र प्राप्त गर्न सकिन्छ । शेयरको कारोबार गर्न, आफ्नो कार्डलाई अनलाइन सपिङको लागि एक्टिभ गर्न, क्यूआरबाट भुक्तानी गर्न सकिने सुविधा एपमा रहेका छन् ।

त्यसैगरी, मोर सर्भिसबाट कर्जा लिने सुविधा, मर्चेन्ट बन्न, आफ्नो खाता ब्लक गर्न, केवाईसी अपडेट गर्न, विभिन्न प्रोडक्टहरू बारे जनकारी लिन, प्यान अपडेट गर्न, इक्यालेन्डर हेर्न लगायत आफ्नो मनमा रहेका बैंक सम्बन्धित प्रश्नहरूको जानकारी ‘एफएक्यु’बाट लिन सकिन्छ ।

उत्कृष्ट वेबसाइट

यस बैंकले आफ्ना व्यक्तिगत ग्राहक, मर्चेन्ट, भेन्डरहरू, व्यवसायीक ग्राहकहरूलाई मध्यनजर गरेर एकै ठाउँमा सबै सेवा उपलब्ध हुनेगरी नेपालको बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट ओम्निच्यानलमा आधारित वेबसाइट एनआईसी एशिया बैंक डट कम बनाएको छ ।

इन्टरनेट बैंकिङ्ग सेवाका लागि भनेर बैंकको वेबसाइटमा ‘आइटच’ भन्ने अप्सन राखिएको छ । यसको सेवा लिन सबैभन्दा पहिला लगइन गरेर आइटच खोल्नु पर्छ । जहाँ व्यक्तिगत र कर्पोट इन्टरनेट बैंकिङ्ग दुई अप्सन छन् । कर्पोरेट र व्यक्तिगत प्रयोगको लागि छुट्टाछुट्टै अकाउन्ट खोल्नुपर्छ ।

कर्पोरेट इन्टरनेट बैंकिङ्ग (आईटच कर्पोरेट) नेपालको बैंकिङ्ग क्षेत्रकै एक उत्कृष्ट प्रोडक्ट हो, जसले कर्पोरेट हाउस, फर्म, कम्पनीहरू तथा ट्रष्टहरूलाई इन्टरनेट बैंकिङ्ग सेवा उपलब्ध गराइरहेको छ । ​यस्ता छन् यहाँ उपलब्ध सेवाहरू

​ट्रान्जेक्सन स्वीकृत म्याट्रिक्स

यस प्रणालीमा कम्पनीको निश्चित कर्मचारीले पेमेन्टको लागि अनुरोध पठाउन र कम्पनीको दोस्रो व्यक्तिले स्वीकृति दिने अधिकार हुन्छ । यसले गर्दा कम्पनीको भुक्तानी सुरक्षित र सन्तुलन हुन्छ । 

युजर म्यानेजमेन्ट सिस्टम

यस सिस्टम अन्तर्गत कर्पोरेट कम्पनीहरूको आग्रहमा बैंकले एड्मिनिस्ट्रेटरहरूको तहगत आइडी बनाउन सक्छ, जहाँ आईडी अनुसार हरेक व्यक्तिको फरक भूमिका र जिम्मेवारी हुन्छ । यसले गर्दा एक अर्कोको सहयोगविना एकलौटी भुक्तानी गर्न सकिँदैन ।

उदाहरणको लागि पहिलो युजरले अकाउन्ट १ हेर्न र स्टेटमेन्ट डाउनलोड गर्न मिल्छ । युजर २ र ३ ले अकाउन्ट १, अकाउन्ट २, अकाउन्ट ३ हेर्न र स्टेटमेन्ट डाउनलोड गर्न मिल्छ र युजर ३ ले अकाउन्ट ४ बाट ट्रान्जेक्सनको लागि पठाउन सक्छ ।

पेमेन्ट सिस्टम

यस अन्तर्गत तलब भुक्तानी र भेन्डरको बिल पेमेन्ट गर्न सकिने ‘स्यालरी एण्ड भेन्डरस् पेमेन्ट’ सिस्टम राखिएको छ । यस सिस्टमबाट कर्पोरेट कम्पनीहरूले सजिलैसँग आफ्नो कर्मचारीको तलब भुक्तानी र भेन्डरको बिल भुक्तानी गर्न सक्छन् । 

अन्तर बैंक भुक्तानी 

इन्टरनेट कर्पोरेट बैंकिङ्गमा रहेको ‘इन्टर बैंक पेमेन्ट सिस्टम’बाट नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल), आइपीएस र कनेक्ट आईपीएसको अन्तर बैंक पेमेन्ट र फन्ड ट्रान्सफर सेवा उपलब्ध गराइन्छ । त्यसैगरी, यस बैंकको वेबसाइटबाटै खाता खोल्नेदेखि, कार्ड र अन्य धेरै काम गर्न सकिन्छ भने व्यवसायमा संलग्न ग्राहकको लागि पनि विभिन्न प्लेटफर्म उपलब्ध गराएको छ । 

डिजिटल युनिभर्स अप्सन अन्तर्गत विभिन्न सेवाहरूलाई एकै ठाउँमा सरलरुपमा पस्किएको छ । शाखा कार्यालय र एटिएम उपलब्ध ठाउँहरू, सूचनाहरू, समाचार, ब्याजदर, कार्डहरू, क्यूआर पेमेन्ट, रेमिट्यान्स, कियोस्, सीडीएम, भिडियो केवाईसी जस्ता दर्जनौं सेवाहरू यस वेबसाइटमा लिन सकिन्छ । 

साथै, विभिन्न खाताहरू अनलाइनबाटै खोल्न सक्नुहुन्छ । ‘ओपन एन अकाउन्ट’ भन्ने अप्सनबाट विभिन्न सेभिङ र लोन खाता खोल्न सक्नुहुन्छ । त्यस्तै, विभिन्न कार्डहरूको बारेमा थाहा पाउन र कार्ड अप्लाइन गर्न पनि सकिन्छ । 

त्यस्तै, वेबसाइटमा रहेको ‘कस्टुमर सर्भिस’बाट ग्राहक सम्बन्धित विभिन्न सेवाहरू जस्तो कि चेक लिन र बन्द गर्न अनुरोध, ब्यालेन्स सर्टिफिकेट लिन, अकाउन्ट ब्लग गर्न, स्किम ट्रान्सफर गर्न, लकर सुविधा, प्यान अपडेट गर्ने लगायतका काम गर्न सकिन्छ । 

त्यसैगरी, वेबसाइटमै रहेको मोबाइल बैंकिङ्ग भन्ने अप्सनबाट नयाँ रजिस्ट्रेसन, पिन रिसेट, अनलक मोबाइल बैंकिङ्ग ब्लक मोबाइल बैंकिङ्ग सुविधाहरू रहेका छन् । शेयर सर्भिसबाट डिम्याट खाता खोल्न, मेरो शेयर र सीआरएन अनुरोध गर्न र शेयर अप्लाई गर्न सकिने सुविधा रहेको छ ।​

टपअप, विजुली ‘ब्लु बुक’ नवीकरण, स्कूल तथा कलेजेको शुल्क भुक्तानी लगायतका बिल भुक्तानीहरू ‘इजी टु पे’ अप्सनबाट गर्न सकिन्छ ।‘मर्चेन्ट’ अप्सनबाट व्यवसायीक संस्थाहरूले एन आई सी एशिया बैंकको विभिन्न अनलाइन च्यानल प्रयोग गरेर आफ्ना ग्राहकको लागि सेवा सुविधा उपलब्ध गराउन सक्छन् ।

जस्तो कि क्युआर, पोइन्ट अफ सेल, डिस्काउन्ट टाइअप, कार्ड पेमेन्ट गेटवे, क्विक पे जस्ता सेवाहरू यहाँबाट लिन सकिन्छ । त्यस्तै, कार्डसम्बन्धी विभिन्न सेवाहरू कार्ड सर्भिस भन्ने अप्सनबाट लिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस