एक वर्षमा पेट्रोलियम पदार्थको मूल्य १० प्रतिशतले वृद्धि

पत्रपत्रिकाबाट

मंगलबार, २७ चैत्र २०८०, ०९ : ३१
एक वर्षमा पेट्रोलियम पदार्थको मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौ । एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य १० प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको फागुुन महिनाको तुुलनामा चालुु आवको फागुुन मसान्तसम्म अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ९.४ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ८३.९५ अमेरिकी डलरमा पुुगेको छ । 

गत वर्ष सो अवधिमा अन्तर्राष्ट्रिय बजारमा  प्रतिब्यारेल  तेलको  मूल्य  ७६.७७  अमेरिकी  डलर  रहेको  थियो  ।  अन्तर्राष्ट्रिय  बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्ने गर्छ । गोरखापत्रमा खबर छ ।