गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले गरे डिभोर्स

सफल खबर संवाददाता

सोमबार, २६ चैत्र २०८०, १४ : ५८
गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले गरे डिभोर्स

काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजालासले सम्बन्धबिच्छेदको आदेश दिएको हो ।

अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको व्यहोरा, त्यसको मतलब र मरिणामसमेत दुबै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्ध बिच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुबै पक्ष्चाहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’

प्रतिक्रिया दिनुहोस