डकेन्द्रसिंह थेगिमलाई जिताउन जसपाको आव्हान

सफल खबर संवाददाता

सोमबार, २६ चैत्र २०८०, १४ : ५३
डकेन्द्रसिंह थेगिमलाई जिताउन जसपाको आव्हान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले इलाम निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई जिताउन आव्हान गरेको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् पार्टीका कोसी प्रदेश समिति इन्चार्ज रकम चेम्जोङले थेगिमलाई जिताउन तन, मन र धनले सहयोग गर्न आव्हान गरेका हुन् ।

थेगिम पहिचान र अधिकारवादी व्यक्तित्व, स्वतन्त्र तथा साझा उम्मेदवार भएको भन्दै नेता चेम्जोङले प्रदेशअन्तर्गतका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुलाई अनुरोध गरेका हुन् । पार्टीको कोसी प्रदेश समितिले निर्वाचनमा परिचालन हुन पार्टीपंक्तिलाई सर्कुलर गरेको छ ।

जसपाले पहिचान पक्षधर उम्मेदवारलाई जिताउन आफ्नो उम्मेदवार नउठाइ डकेन्द्रसिंह थेगिमलाई समर्थन गरेको हो ।

प्रतिक्रिया दिनुहोस