अभिनेत्री पूजा शर्मा अस्पताल भर्ना

सफल खबर संवाददाता

सोमबार, २६ चैत्र २०८०, १२ : ५४
अभिनेत्री पूजा शर्मा अस्पताल भर्ना

काठमाडौँ । अभिनेत्री पूजा शर्मा अस्पतालमा भर्ना भएकी छन् । एपेन्डिक्सका कारण उनी मेडिसिटी अस्पताल भर्ना भएकी हुन् । उनको एपेन्डिक्सको शल्यक्रिया सफल भएको छ । जसको जानकारी उनले सामाजिक सञ्जालबाट दिएकी छन् ।

आफ्नो स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद पनि दिएकी छन् । डाक्टरको सल्लाहअनुसार आफूले आराम गरिरहेको उनले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस