एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच खेल हुँदैछ। खेल जयपुरको सवाई मानसिंह स्टेडियममा बेलुकी पौने ८ बजे शुरु हुनेछ।
राजस्थान सञ्जु सैमसन र बैंग्लुरु फाफ डु प्लेसिसको कप्तानीमा मैदानमा उत्रिन लागेका हुन्।
आईपीएलमा राजस्थान र बैंग्लुरुले ३० खेल खेलेका छन्। राजस्थान १२र बैंग्लुरु १५ खेलमा विजयी भएको छ। यी दुईबीचको ३ खेलमा कुनै नतिजा निस्केन । दुई टोलीबिच जयपुरमा ८ खेल भएका छन् जसमा दुवैले ४–४ ले जितेका थिए।
गत वर्ष जयपुरमा दुवै टोली भिड्दा घरेलु टोली ५९ रनमा अलआउट भएको थियो । यस सिजन भने राजस्थानले तीनवटै खेल जितेको छ। अर्कोतर्फ, बैंग्लुरुले ४ मध्ये ३ खेलमा हार बेहोरेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २४ चैत्र २०८०, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल : दिल्लीविरुद्ध कलकताको जित
आईपीएलः चेन्नईको मैदानमा सनराइजर्सको पहिलो जित
आईपीएल : आरसिबी विजयी, राजस्थान ११ रनले पराजित
आईपीएल : मुम्बईको लगातार चौथो जित
आईपीएल : केएल राहुल र अभिषेक पोरेलको अर्धशतकमा दिल्लीको छैटौं जित
आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै