काठमाडौँ । ‘रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षा अभियान’ले आफ्ना नागरिकको जीवन रक्षा गर्न माग गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएको छ ।
अभियानकी संयोजक कृतु भण्डारीको नेतृत्वमा गएको पीडितको समूहले शुक्रबार गृहमन्त्री लामिछानेलाई भेटेर रुसी सेनामा रहेका नेपालीको जीवन रक्षा गरिदिन माग गरेको हो ।
भण्डारीका अनुसार गृहमन्त्री लामिछानेलाई रुसी सेनामा भएका ६२० जना नागरिकको विवरणसमेत उपलब्ध गराइएको छ । तीमध्ये ३९ जनाले ज्यान गुमाएको अभियानको दाबी छ । परराष्ट्र मन्त्रालयले भने १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
‘हामीसँग सामाजिक सञ्जालमा जोडिएका ४२० जना रुसी सेनामा आबद्ध नेपालीले प्रत्येक दिन युद्ध मैदानबाट त्यहाँको विवरण, वस्तुस्थिति, श्रव्यदृश्य सामग्री पठाउने गर्नुहुन्छ’, भण्डारी लगायतले गृहमन्त्री लामिछानेलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘ती सामग्री देख्दा त्यहाँको अवस्था भयावह रहेको सहजै अनुमान लगाउन सकिन्छ । यस पृष्ठभूमिमा रुसबाट नेपाली दाजुभाइले निरन्तर हामीलाई सम्पर्क गरेर जीवन रक्षा गरिदिन अनुरोध गरिरहनु भएको छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ चैत्र २०८०, २१ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी
निष्पक्ष र निर्भीक भई आचारसंहिता अनुगमन गर्न सहायक प्रजिअलाई गृह मन्त्रालयको निर्देशन
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
सीडीओहरूलाई गृह मन्त्रालयको १० बुँदे सर्कुलर