काठमाडौँ । ‘रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षा अभियान’ले आफ्ना नागरिकको जीवन रक्षा गर्न माग गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएको छ ।
अभियानकी संयोजक कृतु भण्डारीको नेतृत्वमा गएको पीडितको समूहले शुक्रबार गृहमन्त्री लामिछानेलाई भेटेर रुसी सेनामा रहेका नेपालीको जीवन रक्षा गरिदिन माग गरेको हो ।
भण्डारीका अनुसार गृहमन्त्री लामिछानेलाई रुसी सेनामा भएका ६२० जना नागरिकको विवरणसमेत उपलब्ध गराइएको छ । तीमध्ये ३९ जनाले ज्यान गुमाएको अभियानको दाबी छ । परराष्ट्र मन्त्रालयले भने १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
‘हामीसँग सामाजिक सञ्जालमा जोडिएका ४२० जना रुसी सेनामा आबद्ध नेपालीले प्रत्येक दिन युद्ध मैदानबाट त्यहाँको विवरण, वस्तुस्थिति, श्रव्यदृश्य सामग्री पठाउने गर्नुहुन्छ’, भण्डारी लगायतले गृहमन्त्री लामिछानेलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘ती सामग्री देख्दा त्यहाँको अवस्था भयावह रहेको सहजै अनुमान लगाउन सकिन्छ । यस पृष्ठभूमिमा रुसबाट नेपाली दाजुभाइले निरन्तर हामीलाई सम्पर्क गरेर जीवन रक्षा गरिदिन अनुरोध गरिरहनु भएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ चैत्र २०८०, २१ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयले ओली र दाहालका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलायो
अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय
विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्न गृह मन्त्रालयको आग्रह
फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले बढायो सक्रियता
कर्मचारीलाई कडा निर्देशनः २४ घण्टाभित्र हाजिर नभए कारबाही (सूची)
स्पेन प्रकरण छानबिनका लागि गृह मन्त्रालयमा उच्चस्तरीय बैठक