काठमाडौँ । नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नो १२ औँ महाधिवेशन २०८१ साल पुस मसान्तभित्र गर्ने निर्णय गरेको छ। नेविसंका अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो।
नेविसंघका अनुसार मातृ पार्टीसँग समन्वय गरेर महाधिवेशनको मिति तोक्नेछ। मातृ पार्टीसँग आवश्यक परामर्श गरी एक महिनाभित्र केन्द्रीय कार्यसमितिको (७५२) को १० प्रतिशत सदस्य रहने गरी कार्यसम्पादन समिति गठन गर्ने निर्णय भएको छ।
यस्तै, बैठकले नेविसंघको केन्द्रीय कार्यालय सञ्चालन र व्यवस्थित गर्नको लागि प्रत्येक केन्द्रीय सदस्यहरूबाट सहयोगार्थ मासिक ५ सय संगठनको आधिकारिक खातामा जम्मा गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ चैत्र २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेविसंघद्वारा सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा धर्ना, महाधिवेशन र संगठन सुदृढीकरणको माग
नेविसंघले भन्यो : ‘सुकुम्वासी व्यवस्थापनमा दीर्घकालीन समाधान आवश्यक’
अस्तित्वमै नभएको विषयमा नीतिगत निर्णय अज्ञानताको पराकाष्ठा : नेविसंघ
बालेनले विद्यार्थी संगठन खारेज गर्न खोजे आगोको गोलामा हात हाले सरह हुनेछ: नेविसंघ
सञ्जीव खड्काले पाए नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी
बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी