काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरूमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन (पीएसटीएन) सेवालाई फाइबर टू दी होम (एफटीटीएच)प्रविधिमा स्तरोन्नति गरेको छ ।
बिहीबार आयोजित एक कार्यक्रमका बीच प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले कपर प्रविधिको टेलिफोन सेवाको स्विच अफ गरी सो सेवा बन्द गरेकी हुन् ।कपर प्रविधिबाट वितरित टेलिफोन तथा एसडीएसएल लाइनहरू पूर्णरुपमा आधुनिक फाइबर प्रविधिको एफटीटीएच नेटवर्कमा माइग्रेसन सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको टेलिकमका प्रवक्ता हरि ढकालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि रहेकी प्रबन्ध निर्देशक अर्यालले टेलिकम क्षेत्रमा प्रविधि रूपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको मागअनुरूप पुरानो कपर प्रविधिलाई आधुनिक फाइबर प्रविधिमा रूपान्तरण गरिएकोमा खुशी व्यक्त गरिन् ।
एफटीटीएचमा माइग्रेसन भइसकेपछि ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवासमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ चैत्र २०८०, १९ : २१
लेखकबाट थप