काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नेपालले राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न आफूहरूसँग खेर फाल्ने समय नभएको बताएका छन् । आर्थिक स्तरलाई गुणात्मक फड्कोमा पुर्याउने सरकारको लक्ष्य भएको पनि उनले बताए।
ललितपुर अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्नको लागि अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने दाबी गरे।
‘नेपालको आर्थिक स्तरलाई गुणात्मक फड्कोमा पुर्याउनै पर्नेछ। त्यसको लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नु छ। त्यो दिशातर्फ अहिले हामी काम गरिरहेका छौँ। त्यसमा सबैले मिलेर अगाडि बढ्न आग्रह गर्छु। त्यसैले म भन्छु हामीसँग खेर फाल्ने समय छैन, ‘उनले भने, ‘हामीले अर्थतन्त्रलाई बेलैमा लयमा ल्याउनुपर्छ। यसको विकास गर्दै फड्को मार्ने बिन्दुमा पुग्नुपर्छ। त्यसले मात्रै यो राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्छ। त्यसले मात्रै यो परिवर्तनको रक्षा गर्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ चैत्र २०८०, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी र उद्धार गर्न परराष्ट्रमन्त्रीको निर्देशन
गठबन्धन सरकार बन्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुग्यो : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री र मुख्यसचिवसँग नवनिर्वाचित परिसंघ पदाधिकारीको छलफल
परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया जिम्मेवार हुनुपर्छ : परराष्ट्रमन्त्री