‘डिग्री माइला’ को नयाँ गीत ‘किन’ सार्वजनिक (भिडियो)

सफल खबर संवाददाता

विहीबार, २२ चैत्र २०८०, १३ : २४
‘डिग्री माइला’ को नयाँ गीत ‘किन’ सार्वजनिक (भिडियो)

काठमाडौं। आगामी चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिग्री माइला’ को नयाँ गीत ‘किन ’ सार्वजनिक गरिएको छ।

बुधबार सार्वजनिक गीतमा हेमन्त रानाको शब्द रचना, संगीत तथा गायन रहेको छ । गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचलबीचको प्रेम देखाइएको छ ।फिल्मले यस गीतबाट फिल्म अन्तरजातीय प्रेमकथामा बनेको अनुमान गर्न सकिन्छ ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्ममा प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, हिउँवाला गौतम, कमलमणि नेपाल, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक आदिको पनि अभिनय रहेको छ ।

फिल्मको निर्माताहरुमा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ छन् । कार्यकारी निर्माता क्रिश लामा हुन् । ‘डिग्री माइला’ नाटकमाथि बनेको फिल्म हो । २०६९ र २०७१ सालमा मण्डला थिएटरमा ‘डिग्री माइला’ नाटक मञ्चन भएको थियो । नाटकलाई दयाहाङले निर्देशन गरेका थिए । रामबाबुले नाटककै कथालाई केही परिमार्जित गरेर फिल्मको स्वरुप दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस